Skip to main content
वातावरणNagarik News

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

Read the full story at Nagarik News

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

यस वर्षको भाइटीकाको दिन अर्थात् बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विशेषगरी मध्यदेखि पूर्वतिरका भू-भागमा वर्षा र हिमपातको सम्भावना बढी छ। महाशाखाले जारी गरेको विशेष पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार मधेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा समेत छिटपुट पानी पर्ने सम्भावना छ। यसअघि सोमबार रुकुम पूर्वमा मध्यम वर्षा भएको उनले बताए।

भाइटीकाको दिन काठमाडौं उपत्यकाका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं उपत्यकाका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना कायमै छ।’ भाइटीकापछिको मौसमबारे जानकारी दिँदै डा.