रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रैथाने मेला काठमाडौंमा मात्र नभई ठूला बजार भएका विभिन्न शहरहरूमा सरकारले नै आयोजना गर्नुपर्ने बताए । मेलाले दुर्गम क्षेत्रका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर प्रदान गर्ने उनको भनाइ छ ।
उनले रैथाने मेलालाई तिहार तथा चाडपर्वमा मात्रै सीमित नगरी शनिबार, आइतबार तथा अन्य बिदाका दिनमा समेत नियमित रूपमा सञ्चालन गर्नुपर्नुपर्ने बताए । ‘रैथाने मेलाहरूलाई सरकारले नै निरन्तर रुपमा गर्नुपर्छ । जनताका उत्पादनहरूलाई देशभर देखाउन सकियो भने कहाँबाट कस्तो चिजहरू आउँदो रहेछ, भन्ने पनि थाहा हुन्छ । काठमाडौं भ्यालीमा बस्नुहुने नागरिकहरूलाई काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, धादिङतिरको चिजहरू त्यति नौलो हुँदैन ।
हामीले खरिद गरिरहेकै हुन्छ । तर अलि बाहिरतिरको चिज आउँदाखेरि उहाँहरूको लागि पनि खुसीको कुरा होला । दूरदराजमा राम्रा चिजहरू फल्दो रहेछ, किसानहरूले यस्तो उत्पादन गर्नुहुँदो रहेछ,’ उनले भने ।
More politics
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar