इलाममा प्लास्टिकका माला र फूल प्रतिबन्ध
Read the full story at Nagarik News

इलाममा तिहारलाई लक्षित गरी प्लास्टिकका माला र फूल प्रयोगमा प्रतिबन्ध गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाका पसल र हाटबजार सबैतिर प्लास्टिकका फूलगुच्छा, माला भण्डारण, विक्री गर्न रोक लगाएको हो। चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ।
सूचनाको अवज्ञा गरी यस्ता सामग्री आयात, भण्डारण र विक्री गरिए कानुनबमोजिम कारबाही हुनेसमेत प्रशासनले चेतावनी दिएको छ। प्रशासनले वातावरण विभागले २०७९ साउन ९ मा सूचना जारी गरी नेपालमा प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र विक्री–वितरणमा रोक लगाएको स्मरणसमेत गराएको छ। जिल्लाका स्थानीय तहहरू समेतलाई प्रशासनले वातावरण संरक्षण ऐन र विभागको सूचनाअनुसार अनुगमन अघि बढाउन पनि अनुरोध गरेको छ।
इलाम नगरपालिकाले समेत प्लास्टिकजन्य फूलगुच्छा र मालाको उत्पादन, भण्डारण, आयात र विक्री–वितरण नगर्न सूचना जारी गरेको छ। इलाम नगरपालिका यसअघि नै पोलिथिन झोलामुक्त घोषित भइसकेको र स्थानीय प्राकृतिक फूल प्रयोगलाई प्रोत्साहन गरिरहेको पनि नगरले जनाएको छ। नगरले पनि प्लास्टिकजन्य माला, फूललगायत प्रयोग, भण्डारण, आयात र विक्री नगर्न सचेत गर्दै कसैले सूचना विपरीत गरेको पाइए कारबाही हुनेसमेत जनाएको छ।
More politics
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar