एनपीएलको लिग चरणमा सात खेल बाँकी, प्लेअफ पुग्न कसलाई के चाहिन्छ ?
Read the full story at Onlinekhabar (Nepali)

हालको अवस्थामा काठमान्डु र सुदूरपश्चिम एकआपसमा खेल्न बाँकी रहेको र एक टोलीको १० अंक पुग्ने पक्का रहेकाले दुई मध्ये एक टोली प्लेअफ पुग्ने निश्चित छ । काठमान्डुले सुदूरपछि पोखरासँग पनि खेल्न बाँकी छ । २४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका खेल अन्तिमतिर पुग्दै गर्दा प्लेअफको समीकरण रोचक बनेको छ। काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स बलियो अवस्थामा रहँदा विजोर अंकमा रहेका लुम्बिनी लायन्स र चितवन राइनोज पनि प्लेअफ दौडमा छन्। बाँकी चार टोलीका लागि भने अबका खेल निर्णायक हुनेछन्।
मंगलबार जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। काठमान्डु पाँच खेलबाट आठ अंकसहित शीर्षस्थानमा छ। सुदूरपश्चिमले छ खेलबाट आठ अंक जोडेको छ। नेट रन रेटमा काठमान्डु अगाडि छ। यी दुई टोलीबीच अझै एक खेल खेल्न बाँकी छ। त्यसैले आपसी खेलको नतिजा जस्तो आए पनि कम्तीमा एक टोलीको १० अंक पुग्ने निश्चित छ।
तर दुवै टोलीको प्लेअफ स्थान गणितीय रूपमा पक्का भइसकेको छैन। काठमान्डु पाँच खेलबाट आठ अंकसहित शीर्षस्थानमा छ। टोलीले अब सुदूरपश्चिम र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। दुवै खेल जिते काठमान्डुको १२ अंक पुग्नेछ। काठमान्डुले बाँकी दुईमध्ये कम्तीमा एक खेल जिते १० अंक पुग्नेछ। यो अंक प्लेअफमा स्थान पक्का गर्न पर्याप्त हुनेछ।
More sports
- दशौं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमै हुनेNepal Khabar
- डेविड वार्नरले एनपीएलका बाँकी खेल नखेल्नेNepal Khabar
- एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली युवा टोलीNepal Khabar
- Carlsen heads the field as Total Chess World Championship Tour pilot beginsThe Hindu
- McTominay reveals heart treatment at World CupBBC
- देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउDC Nepal