Skip to main content
समाजNagarik News

अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

Read the full story at Nagarik News

अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा हिन्दु समुदायलाई लक्षित गर्दै प्रदर्शन भएपछि विवाद भएको छ। दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूको प्रदर्शनप्रति अमेरिकी सांसद प्रमिला जयपालले विरोध जनाएकी छन्। डेमोक्रेटिक पार्टीकी सांसद जयपालले पत्रकार जोनाथन चोले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो पुनः पोस्ट गर्दै घटनाको निन्दा गरेकी हुन्।

जयपालले उक्त गतिविधिलाई घृणित र जातिवादी प्रदर्शनको संज्ञा दिएकी छन्। दीपावली महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै उनले हिन्दु समुदायले कुनै डरबिना सुरक्षित रूपमा पर्व मनाउन पाउनुपर्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘म यो घृणित र जातिवादी प्रदर्शनबाट अत्यन्तै आक्रोशित छु। दीपावली महत्त्वपूर्ण पर्व हो र हाम्रो समुदायले यसलाई मनाउँदा सुरक्षित महसुस गर्न पाउनुपर्छ।

यस्तो घृणित प्रदर्शनका लागि हाम्रो सहर वा यो देशमा कुनै ठाउँ छैन।’ भारतीय मूलका अमेरिकी व्यापारी अजय जैन भुटोरियाले पनि घटनाको आलोचना गरेका छन्। उनले प्रदर्शनलाई ‘विशुद्ध घृणा र कट्टरता’ भनेका छन्।