हिमालयन डिस्टिलरीद्वारा स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक’ सार्वजनिक
Read the full story at Nepal Khabar

हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले नेपालको पहिलो स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की 'श्लोक सिंगल माल्ट ह्विस्की' सार्वजनिक गरेको छ। यससँगै कम्पनीले आफ्नो श्लोक ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गरेको छ। यस पोर्टफोलियोमा यसअघि श्लोक ह्विस्की र श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम समावेश थिए। श्लोक सिंगल माल्टको विशिष्ट पहिचान यसको ओलोरसो शेरी कास्कमा गरिएको फिनिसिङ हो, जसले यसको स्वादमा गहिराइ, जटिलता र समृद्धि थपेको छ।
कम्पनीका अनुसार विशेष रूपमा छनोट गरिएका ओलोरसो शेरी कास्कमा परिपक्व गरिएको यस ह्विस्कीमा सुक्खा फलफूल, हल्का मसला, बदाम तथा चकलेटका स्वादको संयोजन पाइन्छ, जसले यसलाई सन्तुलित र विशिष्ट स्वाद प्रदान गर्दछ। श्लोक सिंगल माल्टको रङ न्यानो महजस्तै सुनौलो रहेको छ। यसको सुगन्धमा सुक्खा फलफूल, खजुर, भेनिला र हल्का मसलाका साथै बदाम तथा चकलेटको मधुर झल्को पाइन्छ। स्वादमा यो नरम र समृद्ध छ, जसमा फलफूलको प्राकृतिक मिठाससँगै आलुबखडा, कालो चेरी र भुटेको बदामको स्वाद अनुभव गर्न सकिन्छ।
यसको स्वादको अन्त्य लामो समयसम्म रहने र हल्का सुक्खा हुन्छ, जसमा किसमिस र मसलाको स्वादको झल्को रहिरहन्छ। उत्पादनको प्रिमियम पहिचान झल्काउने गरी श्लोक सिंगल माल्टलाई आकर्षक डिजाइनको बोतलमा प्रस्तुत गरिएको छ।
More environment
- How climate change is reshaping the way children grow upKathmandu Post
- डा. केसीको जीवन रक्षाका लागि पहल गर्न चिकित्सक संघको आह्वानNepal Khabar
- ‘Felt like an earthquake’: Neighbours recount after building collapse in Old Delhi’s Chawri BazarThe Hindu
- Climate change increased tropical Cyclone Arnab’s damage by 33%: StudyThe Hindu
- Small Listing Spurs Protection: Indiana saves 3,950 acres; new wildlife area opensTimes of India
- चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने, निर्माण टिमद्वारा भ्रममा नपर्न आग्रहDC Nepal