कोप-३१ मा ट्रम्प र सीसहित शक्तिशाली देशका नेता नै ‘गायब’
Read the full story at Nagarik News

जलवायु परिवर्तनको संकट विश्वभर गहिरिँदै गएका बेला यसको समाधान खोज्न आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा विश्वका शक्तिशाली देशका शीर्ष नेताहरू नै अनुपस्थित हुने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसहित जी-७ का अधिकांश नेताले सम्मेलनमा सहभागिता नजनाउने भएपछि जलवायु परिवर्तन नियन्त्रणप्रतिको उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठेको छ। टर्कीको अन्ताल्यामा जारी सम्मेलनको उच्चस्तरीय सत्र बुधबारदेखि बिहीबारसम्म हुँदैछ।
उक्त सत्रमा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र इरानका राष्ट्रपति मसुद पेजेस्कियानसहित दर्जनौँ नेताले सम्बोधन गर्ने कार्यक्रम छ। तर, जी-७ राष्ट्रमध्ये बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक अन्य देशका सरकार प्रमुख सम्मेलनमा सहभागी हुने छैनन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मनीका चान्सलर फ्रेडरिक मेर्ज, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र जापानकी प्रधानमन्त्री साने ताकाइची सम्मेलनमा अनुपस्थित रहनेछन्।
अमेरिकी राष्ट्रपति ट्रम्पको अनुपस्थिति भने यस वर्ष पनि निरन्तर रहने भएको छ। अमेरिकाले लगातार दोस्रो वर्ष जलवायु सम्मेलनमा सरकारी प्रतिनिधिमण्डल पठाएको छैन।
More politics
- Tamil Nadu to push green cracker production in meeting with Sivakasi manufacturers this month: Minister V.K. RajeevThe Hindu
- लेडी ट्राभलर : घुम्दै देखाउँदैछन् ‘लुकेको नेपाल’Onlinekhabar (Nepali)
- Cabinet approves ₹2,390 crore metro rail link from Noida Sector 51 to Greater Noida Sector 4The Hindu
- Top news of the day: Three injured after terrorists open fire on CRPF personnel in Kulgam; Cabinet approves development of North and South Block complex as museum; and moreThe Hindu
- Opposition slams KCHR chairperson appointment amid allegations of search panel bypass and resignationsThe Hindu
- US House votes to derail impeachment of Defense Secretary HegsethFrance 24