Skip to main content
राजनीतिNepal Khabar

राशिफल २५ कात्तिक : मेषको प्रेमका लागि समय मधुर, मिथुनलाई स्थानान्तरण योग, तपाईँको दिन कस्तो?

Read the full story at Nepal Khabar

राशिफल २५ कात्तिक : मेषको प्रेमका लागि समय मधुर, मिथुनलाई स्थानान्तरण योग, तपाईँको दिन कस्तो?

मेष : सफल यात्राको योग देखिन्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय मधुर रहनेछ। भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने।

सजिलै अरूको विश्वास नगर्ने। वृष : आँटेको र ताकेको पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कामको दायित्व बढ्नुका साथै महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नुका साथै स्वादिष्ट भोजनको आनन्द पाइएला। भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने। मिथुन : स्थानान्तरण र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनुका साथै सहयोगीहरूले साथ दिनेछन्। बोलीको प्रभावले कार्य सम्पादन हुनेछ। कसै-कसैका लागि सन्तान सुखको योगसमेत देखिन्छ। भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ।