हेटौंडामा पिकअपसँग मोटरसाइकल ठोक्किँदा चालकको मृ’त्यु
Read the full story at Nagarik News

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ अङ्गारेस्वरस्थित धरान-चतारा सडक खण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय २७ वर्षीय मोटरसाइकल चालक सुदीप पाण्डेको मृत्यु भएको हो। हेटौंडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बा.प्र.
०१-०२८ च १७४७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०३-००१ प ६४५९ नम्बरको मोटरसाइकल बुधबार राति करिब पौने ९ बजे सडकको बीच भागमा एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। घटनालगत्तै अस्थायी प्रहरी पोस्ट हटियाबाट खटिएको ट्राफिकसहितको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि ‘सिएमसी चुरेहिल अस्पताल’ हेटौंडा पुर्याएको थियो।
चिकित्सकले राति सवा ९ बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। प्रहरीले पिकअप र चालक सिन्धुलीको कमलामाई नगरपालिका-३ बस्ने ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
More politics
- तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- इमानदार भएर जनपक्षीय काम गर्न सकूँNepal Khabar
- आजदेखि भाइटीकासम्म कस्तो होला मौसमNepal Khabar
- ‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्Nepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar