Skip to main content
स्वास्थ्यRatopati

स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना

Read the full story at Ratopati

स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने गरी योजना अघि सारेको छ । परिषद्ले प्रमाणपत्र, चिठी तथा कागजात कुरियर वा हुलाक मार्फत विद्यार्थी तथा सेवाग्राहीको हातमा पुर्‍याउने योजना अघि सारेको हो ।

स्वास्थ्य सेवालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले हालसम्मका प्रमुख उपलब्धिहरू तथा आगामी नयाँ वार्षिक कार्यक्रमहरू सार्वजनिक गरेको छ। परिषद्ले सेवाग्राहीको सहजताका लागि प्रतीक्षालय स्थापना गर्नुका साथै गुनासो तथा सुझावहरू अनलाइनमार्फत दर्ता गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । यस्तै, व्यावसायिक दक्षता सुनिश्चित गर्न नियमित रूपमा लाइसेन्सिङ परीक्षा सञ्चालन हुनुका साथै बाढी तथा विपद् प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग हस्तान्तरण जस्ता कार्यहरू समेत सम्पन्न भएका छन् ।

परिषद्का अध्यक्ष सगुन पौडेलका अनुसार कानुनी सुधार, नियमन तथा दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन परिषद्ले विभिन्न महत्त्वपूर्ण निर्णयहरू अगाडि बढाइएको छ। विद्यमान कानुनलाई समयानुकूल र समावेशी बनाउन कार्यदल गठन गरी सुझाव सङ्कलन गरिएको छ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको सहकार्यमा गवर्नन्स सुधारका लागि आवश्यक नियमावली तथा कानुनी परिमार्जनको प्रक्रिया थालिएको छ।