Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

Read the full story at Onlinekhabar (Nepali)

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । २७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका लागि राष्ट्रसङ्घीय मानवीय संयोजक रमिज अलक्बारोभले बिहीबारको आक्रमणबाट अस्पतालमा व्यापक क्षति पुगेको भन्दै गहिरो चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय मानवीय कानूनले अस्पताल, स्वास्थ्यकर्मी र चिकित्सा सुविधाको संरक्षण गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्ता संरचनालाई निशाना बनाउन वा सैन्य प्रयोजनमा प्रयोग गर्न नहुने बताए। जारी हिंसाले गाजामा मानवीय पीडा थप बढाएको र कमजोर अवस्थामा रहेको युद्धविरामसमेत जोखिममा पारेको उनको भनाइ छ ।

जाडोयाम नजिकिँदै गर्दा प्रभावित नागरिकलाई राहत दिन आश्रय सामग्री र न्यानो कपडासहितका मानवीय सहायता सामग्री सुरक्षित तथा निर्बाध रूपमा गाजामा पुर्‍याउन उनले आग्रह गरे।