प्रधानमन्त्रीले विदेश सचिव मिश्रीलाई सोधे- खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ ?
Read the full story at Onlinekhabar (Nepali)

दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । १९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् ।
दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले अहिले नेपाल भ्रमणका आएका कूटनीतिक अधिकारीहरूसँग पनि भेट्न थालेका छन् । यसअघि पनि भारतीय विदेश सचिव विक्रम मिश्री आउने खोजेका थिए ।
आजको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार गरेका थिए । शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराउएका थिए । उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए ।
More politics
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो: प्रदीप पौडेलNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar