Skip to main content
समाजOnlinekhabar (Nepali)

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

Read the full story at Onlinekhabar (Nepali)

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । १९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएपछि प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । सो क्रममा उनले शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । यस्तै, देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन पनि प्रधानमन्त्री शाहलले निर्देशन दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्री शाहसँगको भेटमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।