कर्णालीलाई हराउँदै लुम्बिनी बन्यो एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली
Read the full story at Bizmandu
काठमाडौं। लुम्बिनी लायन्सले कर्णाली याक्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बनेको हो। आज कीर्तिपुरमा दुई खेल हुँदा प्लेअफको होडबाट बाहिरिने र प्लेअफ पुग्ने पहिलो टोलीको टुंगो लागेको छ। पहिलो खेलमा विराटनगरसँग हार ब्यहोरेको पोखरा एभेन्जर्स प्लेअफको होडबाट बाहिरिएको थियो।
दोस्रो खेलबाट लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बन्यो। जितसँगै ६ खेलबाट ९ अंक बनाएको लुम्बिनी शीर्षस्थान उक्लिएको छ। अब, ९ अंक वा सो भन्दा बढी अंक अनुकुल नतिजा आए काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले मात्रै बनाउन सक्छन्। यस्तोमा लुम्बिनी प्लेअफ पुग्ने पक्का भए पनि लुम्बिनीको नजर शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्नेमा हुनेछ। प्लेअफमा स्थान सुरक्षित गर्न लुम्बिनीले ‘लो स्कोरिङ’ खेलमा कर्णालीलाई मुस्किलले हरायो।
टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले १९.२ ओभरमा १०५ रन बनाएर अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ६ विकेट गुमाएर १६.४ ओभरमा लक्ष्य भेट्टायो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेल लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४६ रन बनाउँदा दीलिप नाथले अविजित २८ रन बनाउँदै खेलको फिनिसिङ गरे।
More sports
- जुवातास खेलेको आरोपमा ४४ जना पक्राउNepal Khabar
- Bank of Baroda raises interest rates on ‘bob Golden Goal deposit scheme’The Hindu
- त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्बिरहरू)Onlinekhabar (Nepali)
- On Dakar’s Packed Beaches, Africa Welcomes Its First Youth OlympicsThe New York Times
- रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय टोली कात्तिक २९ गते चीन जानेDC Nepal
- जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउDC Nepal