Skip to main content
खेलकुदRatopati

ह्यारी केनको कीर्तिमानी १२६औँ खेल: गोलसँगै रचे इतिहास

Read the full story at Ratopati

ह्यारी केनको कीर्तिमानी १२६औँ खेल: गोलसँगै रचे इतिहास

यूईएफए नेसन्स लिगअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा टोलीलाई जित दिलाउने क्रममा उनले यो ऐतिहासिक उपलब्धि हात पारेका हुन् । बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर केनले पूर्वगोलकिपर पिटर शिल्टनको कीर्तिमान तोड्दै पुरुष फुटबलतर्फ इंग्ल्याण्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको इतिहास रचे। वेम्बली मैदानमा खेल सुरु हुनुअघि उनलाई भव्य ‘टिफो’ प्रदर्शनसहित मैदान प्रवेश गराइएको थियो। हालै विश्वकै उत्कृष्ट खेलाडी बन्दै जितेको ‘बालोन डी’ओर’ ट्रफीसमेत उनले मैदानमा प्रदर्शन गरे।

यस ऐतिहासिक क्षणमा उनलाई बेलायती राजकुमार विलियम र पूर्वकीर्तिमानधारी पिटर शिल्टनले सम्मान गरे। प्रशिक्षक थोमस टुकलको नेतृत्वमा वेम्बलीमा मैदान उत्रिएको घरेलु टोलीले केही सुस्त सुरुआत गरे पनि २४औँ मिनेटमा अग्रता लिन सफल भयो। केनले डिफेन्स लाइन पछाडिबाट निकालेको चिप पासलाई जुड बेलिङघमले नियन्त्रणमा लिँदै दिएको कटब्याकमा मोर्गन रोजर्सले नजिकैबाट गोल गरे। दोस्रो हाफको ५९औँ मिनेटमा सेन्टर ब्याक जारेल क्वान्साको गल्तीको फाइदा उठाउँदै क्रोएसियाका पेटार सुचिचले खेल बराबरीमा ल्याए।

कर्नरबाट आएको बल गोलकिपर जोर्डन पिकफोर्डलाई हेडिङमार्फत फर्काउन खोज्दा कमजोर भएपछि सुचिचले बललाई जाली चुमाएका थिए। तर, त्यसको पाँच मिनेटपछि नै क्वान्साले उक्त गल्तीको प्रायश्चित गरे।