Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बगैंचा मासेर प्लटिङ, घडेरी किन्नेहरू त्रसित

Read the full story at Onlinekhabar (Nepali)

बगैंचा मासेर प्लटिङ, घडेरी किन्नेहरू त्रसित

अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै सम्पूर्ण जग्गा जफत गर्न माग गरेपछि जग्गा किन्नेहरू त्रासमा छन् । २० कात्तिक, विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारे हाटस्थित पुरानो आँप–लिची बगैँचाको बाटो कुनै समय साँझपख हिँड्नै डरमर्दो थियो । विराटनगरको मुख्य बजार क्षेत्रमा रहेका कारण चार बिघा ५ कट्ठा क्षेत्रको बँगैचामा सबैको नजर थियो ।

सरकारी हदबन्दी छुटको जग्गामा एकाएक रुखहरू ढालिए, हतारहतार प्लटिङ भयो र किनबेच भयो । यो क्षेत्रको करिब १२ कट्ठामा अहिले मोरङ सहकारी अस्पताल छ । दुई दर्जन बढी निजी घर बनेका छन् । धेरैले वैदेशिक रोजगारीको पसिना र जीवनभरको कमाइ खन्याएर जग्गा किनेर घर बनाएका छन् । व्यापारिक घरानाले पनि जग्गा किनेका छन् ।

तर यही जग्गा देशकै ठूलो नीतिगत भ्रष्टाचार काण्डको केन्द्र बनेपछि जग्गा किन्नेहरू अन्योलमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै सम्पूर्ण जग्गा सरकारीकरण (जफत) गर्न माग गरेपछि जग्गा किन्नेहरू अन्योल र त्रासमा छन् ।