सोनिया गान्धीको आत्मकथाबाट कुन–कुन अंश हटाउन चाहन्थ्यो प्रकाशक, किन तोडियो सम्झौता?
Read the full story at Setopati

भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेता सोनिया गान्धीले आफ्नो आत्मकथामा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि एउटा गम्भीर आरोप लगाएकी छन्। उनका अनुसार सन् २०१९ मा जम्मु–कश्मीरको पुलवामामा आतंकवादी आक्रमण हुनुअघि नै सम्भावित खतराबारे भारतीय सुरक्षा निकायहरूलाई सूचना प्राप्त भएको थियो। तर मोदी सरकारले ती सूचनालाई पर्याप्त महत्त्व दिएन।
सुरक्षाकर्मीलाई स्थलमार्गको सट्टा सुरक्षित हवाई यातायात उपलब्ध गराउने अनुरोध समेत पूरा गरेन। सोनियाले आत्मकथामा लेखेकी छन्, 'सरकारले ती पूर्वसूचनाका आधारमा किन पर्याप्त कदम चालेन र सुरक्षित यातायात किन उपलब्ध गराएन भन्नेबारे अहिलेसम्म चित्तबुझ्दो स्पष्टीकरण दिएको छैन। ' नोभेम्बर १० मा प्रकाशित सोनियाको आत्मकथा Belonging: A Journey of Love अध्ययन गरेपछि भारतीय अखबार 'द इन्डियन एक्सप्रेस' की पत्रकार रितु सरिनले मंगलबार प्रकाशित विस्तृत रिपोर्टमा यो विवरण उल्लेख गरेकी छन्।
त्यसैगरी चीनले भारतीय भूभाग अतिक्रमण गरेको, सत्तारूढ भारतीय जनता पार्टीले अल्पसंख्यक अधिकार कमजोर बनाएको र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विचारधाराले भारतको राजनीतिक दिशा बदलेको विषयमा पनि प्रकाशकले संशोधन चाहेको थियो। यी विषयमा सहमति नजुटेपछि भारतमा पुस्तक प्रकाशन गर्ने जिम्मेवारी लिएको पेन्गुइन र्यान्डम हाउस इन्डिया सम्झौताबाट बाहिरियो।
More politics
- Tamil Nadu to push green cracker production in meeting with Sivakasi manufacturers this month: Minister V.K. RajeevThe Hindu
- लेडी ट्राभलर : घुम्दै देखाउँदैछन् ‘लुकेको नेपाल’Onlinekhabar (Nepali)
- Cabinet approves ₹2,390 crore metro rail link from Noida Sector 51 to Greater Noida Sector 4The Hindu
- Top news of the day: Three injured after terrorists open fire on CRPF personnel in Kulgam; Cabinet approves development of North and South Block complex as museum; and moreThe Hindu
- Opposition slams KCHR chairperson appointment amid allegations of search panel bypass and resignationsThe Hindu
- US House votes to derail impeachment of Defense Secretary HegsethFrance 24