२० वटा निर्माण कम्पनी कालोसूचीमा, बढीमा दुई वर्ष सार्वजनिक खरिदमा रोक
Read the full story at Bizmandu
काठमाडौं। ठेक्का सम्झौताका सर्तअनुसार काम नगर्दा २० वटा निर्माण कम्पनी एवम् आपूर्तिकर्ता फर्मलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयको शुक्रबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षदेखि दुई वर्षसम्मको लागि कालोसूचीमा राखिएको हो।
सामाजिक विकास कार्यालय धुलिखेलको सिफारिसमा कागेश्वरी मनोहराको बुदे पोखरी कन्स्ट्रक्सन प्रालि १ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको छ। त्यसैगरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधामको सिफारिसमा हिमांशु/लोकस देव जेभी (काठमाडौं), ब्रदर्स कन्स्ट्रक्सन (जलेश्वर, महोत्तरी), आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि (धनगढी, कैलाली) लाई पनि १ वर्ष ६ महिनाका लागि कार्बाही गरिएको छ। जय निर्माण सेवा (जलेश्वर, महोत्तरी), सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि (सामाखुसी, काठमाडौं), सुरेखा निर्माण सेवा (धबौली, धनुषा) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
सोही आयोजनाको सिफारिसमा शिवम कन्स्ट्रक्सन (जनकपुर), साईबाबा निर्माण सेवा (जनकपुर) र शिवमहिमा कन्स्ट्रक्सन (हलखोरी, महोत्तरी) लाई एक/एक वर्षको लागि कालोसूचीमा राखिएको छ।
More business
- डलर, युरो र पाउण्डसँगै घट्यो सुनको कारोबार मूल्य, यस्तो छ आजको विनिमय दरBizmandu
- US-China trade talks to continue as Washington presses Beijing to honour Busan dealTimes of India
- Paraguay's president impeached after collapse of bankBBC
- कर्णालीका मुख्यमन्त्री शाही र मन्त्री सिता बादीबिच भेटवार्ताNagarik News
- बैंक संकटपछि पेना पदमुक्त, घरमै नजरबन्दNagarik News
- 'Dallas' star Victoria Principal, 76, now rescues animals on her ranch; shares miniature horse Halo's recoveryTimes of India