Skip to main content
राजनीतिNepal Khabar

चितवनमा रविको विरोधाभास अभिव्यक्ति: पार्टी–सरकार समन्वय छ, आईजीपी फेर्नुको औचित्य सरकारले पुष्टि गर्ला

Read the full story at Nepal Khabar

चितवनमा रविको विरोधाभास अभिव्यक्ति: पार्टी–सरकार समन्वय छ, आईजीपी फेर्नुको औचित्य सरकारले पुष्टि गर्ला

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि किसिमको समन्वय अभाव नरहेको दाबी गरेका छन्। बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको बताएका हुन्। पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने उनले बताए।

सभापति लामिछानेले भने, 'समन्वयको कुनै पनि कमी छैन। खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो। ' सभापति लामिछानेले विगतमा सरकार टिकाउन र पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने अभ्यास आफ्नो पार्टीले नगरेको बताए।

'हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिखेर सरकारै टिकाइराख्नका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि, छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ', सभापति लामिछानेले भने। सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले पार्टीले सरकारका सबै निर्णयमा होमा हो मिलाउनुपर्ने अवस्था नरहेको बताए।