Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

Read the full story at Onlinekhabar (Nepali)

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति भएको खेलमा कोमोले पहिलो हाफमा तीन गोल गरेको थियो । तासोस डुभिकासले सातौं र ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । निको पाजले ४०औं मिनेटमा गोल गरे ।

दोस्रो हाफमा पनि कोमोको आक्रमण रोकिएन । लुकास दा कुन्हाले ४७औं, म्याक्सेन्स केम्पफले ५३औं, माटेओ लिबेरालीले ६२औं र मार्टिन बटुरिनाले ६९औं मिनेटमा गोल गरे । डुभिकासले ५७औं मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे । माटेओ पापाचोलीले इन्जुरी समयमा नवौं गोल थपे । यस जितसँगै कोमोले च्याम्पियन्स लिगमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको छ । यसअघि जर्मन क्लब बायर्न म्युनिखले सन् २०२४ मा डिनामो जाग्रेबविरुद्ध ९ गोल गरेको थियो ।

कोमोले च्याम्पियन्स लिगको इतिहासमै विपक्षीको मैदानमा सबैभन्दा ठूलो अन्तरको जित पनि निकालेको छ । प्रतियोगितामा यसअघि लिभरपुल र रियल म्याड्रिडले घरेलु मैदानमा ८–० को जित निकालेका थिए । च्याम्पियन्स लिग सुरु भएयता आठ गोलको अन्तरमा जित निकाल्ने कोमो तेस्रो टोली बनेको छ । युरोपेली प्रतियोगिताको इतिहासमा विपक्षीको मैदानमा नौ गोल गर्ने उपलब्धि पनि दुर्लभ छ ।