एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी
Read the full story at Nagarik News

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले चीनका लागि सूचना संकलन गरेको आरोप लागेकी एक महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। हुआङले कम्पनीको निर्देशक बोर्डसमक्ष सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका हुन्। अमेरिकी गुप्तचर निकायले एलिस चीनका लागि सूचना संकलनमा संलग्न रहेको आशंका गरेको छ। उनीहरूबीच कुनै पारिवारिक सम्बन्ध छैन। आइतबार कम्पनीका कर्मचारीलाई पठाएको पत्रमा जेन्सेनले श्रीमतीलाई धोका दिएको स्वीकार गर्दै परिवार र सहकर्मीसँग माफी मागेका छन्। उनले आफ्नो गल्तीको पूर्ण जिम्मेवारी लिने बताएका छन्।
उनले पत्रमा लेखेका छन्, 'मैले श्रीमतीलाई धोका दिएँ। मेरो व्यवहारले उनलाई र हाम्रा छोराछोरीलाई चोट पुर्याएको छ। मैले गरेको कामको कुनै बहाना छैन। म यसका लागि निकै दुःखी छु। ' उनले थप लेखेका छन्, 'एनभिडियाको नेतृत्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो। कर्मचारीको विश्वास जित्नु मेरो जिम्मेवारी हो।
तर, म त्यो जिम्मेवारी पूरा गर्न चुकेँ। ' बोर्डले अहिलेसम्म कम्पनीका गोप्य सूचना बाहिरिएको वा अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको कुनै प्रमाण नभेटिएको जनाएको छ। तर, घटनासँग सम्बन्धित सबै जानकारीको जाँच गरिने बताएको छ। अनुसन्धान पूरा नहुँदासम्म ६३ वर्षीय हुआङ नै सीईओ रहनेछन्।
More society
- ३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्युNepal Khabar
- एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछिNepal Khabar
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- French policemen go on trial over 2020 beating of Black music producerFrance 24
- Thuraiyur police light up the day for drivers by celebrating Deepavali with themThe Hindu