Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

चोभारमा ढुवानी पार्क निर्माण पहल

Read the full story at Onlinekhabar (Nepali)

चोभारमा ढुवानी पार्क निर्माण पहल

नेपाल ढुवानी व्यवसायी महासंघले ट्रान्स्पोर्ट नगरी विकास तथा ढुवानी व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन सभापति गजुरेललाई हस्तान्तरण गरेको छ । १८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधन अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सरोकारवाला सहित छलफल तथा स्थलगत अवलोकन गरिएको छ ।

छलफलमा काठमाडौं उपत्यकामा मालवाहक ट्रक तथा ढुवानीका सवारीसाधनले चक्रपथ लगायत विभिन्न सडक क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गर्दा उत्पन्न भइरहेको समस्या र यसको दीर्घकालीन समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो । ढुवानीका सवारीसाधनलाई व्यवस्थित सञ्चालन तथा पार्किङ गर्ने स्थायी संरचना आवश्यक देखिएकाले चोभारस्थित सुक्खा बन्दरगाह नजिकै रहेको सरकारी जग्गामा ट्रान्स्पोर्ट नगरी (ढुवानी पार्क) विकास गर्न सकिने सम्भावनाबारे स्थलगत अवलोकन समेत गरिएको थियो । ढुवानी व्यवसायी महासंघले ट्रान्स्पोर्ट नगरी विकास तथा ढुवानी व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन सभापति गजुरेललाई हस्तान्तरण गरेको छ ।

सभापति गजुरेलले उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।