रोमान्सदेखि बोल्ड र एक्शनसम्म, समयसँगै बदलिँदै गएको तब्बूको अभिनय यात्रा
Read the full story at Onlinekhabar (Nepali)

कुनै बेला पर्दामा प्रेमिल युवतीका रूपमा देखिने तब्बू अहिले कहिले रहस्यमयी महिला, कहिले कठोर प्रहरी अधिकारी त कहिले हाँस्यरस भरिएको चरित्रमा देखिन्छिन् । उमेर बढ्दै जाँदा उनको अभिनयको दायरा पनि फराकिलो हुँदै गएको छ । चार दशक लामो फिल्मी यात्रामा उनले आफूलाई एउटै छविमा सीमित राखिनन् । बलिउडमा धेरै अभिनेत्री आउँछन्, चम्किन्छन् र समयसँगै ओझेल पर्छन् । तर, केही यस्ता अभिनेत्री छन्, जसलाई पर्दामा देख्दा उनीहरूको उमेरभन्दा अभिनयको गहिराइ बढी याद आउँछ ।
तब्बू त्यस्तै अभिनेत्रीमध्ये एक हुन् । कहिले प्रेममा डुबेकी युवती, कहिले सामाजिक बन्धनविरुद्ध उभिएकी महिला, कहिले अपराधको दुनियाँमा फसेकी पात्र त कहिले रहस्यले भरिएकी खलपात्र । उनले पर्दामा निर्वाह गरेका चरित्रको सूची लामै छ । तब्बूको वास्तविक नाम तबस्सुम फातिमा हाश्मी हो । सन् १९७१ नोभेम्बर ४ मा हैदराबादमा जन्मिएकी उनको बाल्यकालदेखि नै फिल्मप्रति रुचि थियो ।
तब्बूले १४ वर्षको उमेरमै देव आनन्द निर्देशित फिल्म ‘हम नौजवान’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । सन् १९८५ मा प्रदर्शन भएको उक्त फिल्ममा उनले बलात्कार पीडित किशोरीको भूमिका निर्वाह गरेकी थिइन् । सन् १९९१ मा तेलुगु फिल्म ‘कुली नम्बर १’ बाट मुख्य अभिनेत्रीका रूपमा देखिएकी उनी सन् १९९४ मा अजय देवगनसँग फिल्म ‘विजयपथ’ मार्फत बलिउडमा स्थापित हुन थालिन् ।
More politics
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar