Skip to main content
समाजOnlinekhabar (Nepali)

‘अदालत जाँदा एउटा नमस्तेको एक लाख जान सक्छ’

Read the full story at Onlinekhabar (Nepali)

‘अदालत जाँदा एउटा नमस्तेको एक लाख जान सक्छ’

२० कात्तिक, काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश जनक पाण्डेले अदालतभित्र बिचौलियाको चलखेल रोक्न न्यायाधीशसहित अदालतका सबै कर्मचारी र सरोकारवाला चनाखो हुनुपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरूले अदालतभित्र हुने बिचौलियाको प्रभाव र चलखेलबारे प्रश्न गरेपछि पाण्डेले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले अदालतमा हुने विकृति, विसंगति र बिचौलियासम्बन्धी प्रतिवेदन तयार पारिसकेको स्मरण गराए ।

‘यो बिचौलियाको सम्बन्धमा त अदालतले एउटा प्रतिवेदन नै बनाइसकेको छ, हाम्रो पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा । यसको लागि त अब अदालतका सबै जना चनाखो हुनुपर्छ, न्यायाधीश पनि हुनुपर्‍यो’, उनले भने । पाण्डेले कतिपय मुद्दामा बाहिरबाट चलखेल गर्ने र अदालतभित्र प्रवेश गरेर प्रभाव पार्न खोज्ने व्यक्तिलाई रोक्ने गरिएको पनि बताए । ‘कतिपय मुद्दाहरूमा बाहिर कोही चलखेल, यसो हिँड्यो भने भित्र आउने, बाहिर जाने भयो भने बोलाएर ल्याएर गेट बाहिर गर्दिने पनि गर्‍या छौं’, उनले भने ।

उनले अदालतमा बिचौलियाको स्पष्ट परिभाषा नभएको उल्लेख गर्दै सामान्य सम्पर्क र अभिवादनसमेत गलत उद्देश्यले प्रयोग हुन सक्ने भन्दै सचेत गराए । यसक्रममा उनले सुशीला सिंहको पुस्तकमा उल्लेख भएको प्रसंगसमेत सुनाए ।