एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छः विज्ञ
Read the full story at Setopati

विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै शिक्षा प्रणाली, पाठ्यक्रम र सीप विकासमा समयानुकूल परिवर्तन आवश्यक रहेको औँल्याए।
सहभागी विज्ञहरूले एआईको बढ्दो प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याउने भए पनि प्रविधिलाई बुझ्न, प्रयोग गर्न र त्यसबाट निस्कने नतिजाको मूल्यांकन गर्न सक्ने जनशक्तिका लागि अवसर अझै विस्तार हुने धारणा उनीहरूको थियो। जापानको वासेदा विश्वविद्यालयका सहप्राध्यापक डा विकास लम्सालले एआईमा पूर्ण निर्भर हुनुभन्दा यसको प्रयोग गर्ने र त्यसबाट प्राप्त नतिजाको सत्यता जाँच्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए।
एआईले उपलब्ध गराएको सामग्री जस्ताको तस्तै प्रयोग गर्ने प्रवृत्तिले जनशक्तिको रोजगारी जोखिममा पार्न सक्ने भए पनि एआईले गरेका गल्ती पहिचान गर्न, नतिजाको विश्लेषण गर्न र वास्तविक अनुसन्धानका जटिल समस्या समाधान गर्न सक्ने व्यक्तिको आवश्यकता भने कायमै रहने उनले स्पष्ट गरे। ‘एआईलाई चलाउन सक्ने क्षमता चाहिन्छ।
More politics
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar