गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे
Read the full story at Onlinekhabar (Nepali)

हिजो डा. गोविन्द केसीको पक्षमा सडकमा उत्रिनेहरूलाई आज एउटा सीधा प्रश्न छ – उनीहरू त्यतिबेला जनताको स्वास्थ्य र शिक्षाका लागि लडेका थिए कि सत्तामा पुग्ने राजनीतिक यात्रा लागि । १८ कात्तिक, काठमाडौं । आठ वर्षअघि फेसबुकमा पोष्ट भएको एउटा वाक्य अहिले निकै चर्चित बनेको छ- ‘डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म जहिल्यै उनको साथमा हुन्छु । ’ त्यसबेला चिकित्सा शिक्षा सुधारका लागि प्रा. डा. गोविन्द केसीले थालेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पोखरेलले माफियाविरुद्धको लडाइँ सहज नहुने बताएका थिए ।
सरकारलाई माफियाहरूले च्यापेर बसेको भन्दै उनले डा. केसीको लडाइँमा आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । डा. केसी उही माग लिएर २५ औँ पटक आमरण अनशनमा छन्, र स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर, आठ वर्षअघि ‘जहिल्यै साथमा’ रहने घोषणा गरेका शिक्षामन्त्री पोखरेलले ६ दिन सम्वाम वार्ताका लागि समेत सक्रियता देखाएनन् । डा. केसीलाई साथ दिनेहरू अहिले विपक्षमा छैनन् ।
उनीहरू सरकारमै छन् । संसद्मा छन् । नीति निर्माण गर्ने ठाउँमा छन् । प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका जिम्मेवारीमा छन् । तर, डा. केसीको जीवन जोखिममा पर्दा उनीहरूको पुरानो प्रतिबद्धता भने सुनसान छ । रास्वपा नेतृत्वको सरकार बनेपछि मात्रै डा. केसी दुईपटक सत्याग्रहमा बसिसकेका छन् ।
More politics
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar