Skip to main content
राजनीतिNagarik News

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

Read the full story at Nagarik News

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ। आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ। गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन्। तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए।

उनले किसानबाट प्रतिमुठा रु ८० मा खरिद गरेको फूल अहिले बजारमा रु ५० मा बिक्री गर्नुपरेको बताए। गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनको भनाइ छ। गत वर्ष ठूलो एक बन्डल फूल ७०० का दरले १० हजार बन्डलसम्म बिक्री भएको थियो। यस वर्ष भने ५०० रुपैयाँमा मुस्किलले बिक्री भइरहेको उनले भने।

उनले धनकुटाको थलथले क्षेत्रबाट किसानसँग फूल खरिद गरेर धरान–१३ स्थित कृषि उपज बजारमा ल्याई बिक्री गर्दै आएका छन्। पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गरेका अर्का व्यापारी असिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण पहिलोपटक नै व्यापारमा घाटा व्यहोर्नुपरेको बताए। “धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको थिएँ”, उनले भने, “प्रतिमुठा रु ७० देखि ८० मा खरिद गरेको फूल अहिले रु ४० देखि ५० मा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको छ।