१०औं राष्ट्रिय खेलकुद: तयारीमा जुट्दै तीन तहका सरकार
Read the full story at Nagarik News

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीमा तीनै तहका सरकार जुटेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि सुरु ८ गतेबाट हुने छ। मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी तीव्र पारिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन चन्दले जानकारी दिए। प्रतियोगितामा ३२ वटा खेल खेलाउने तय भएको छ।
जसमध्ये २३ वटा खेल प्रदेश राजधानी जिल्ला सुर्खेतमा हुने छन्। केही खेल कर्णालीकै दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुममा खेलाइने छ। कर्णालीमा पर्याप्त पूर्वाधार नभएका कारण केही खेल छिमेकी प्रदेश लुम्बिनीमा पनि खेलाइने भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटनअघि मंसिर ८ गतेबाट पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलमा प्रतिस्पर्धा सुरु हुनेछ।
सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङ, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु, बक्सिङ ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, इस्पोटर्स सेपाक ताक्रोसहित २३ खेल खेलाइने छ। कर्णालीकै दैलेखमा आइटिएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू खेलाउने तयारी छ।
More sports
- जुवातास खेलेको आरोपमा ४४ जना पक्राउNepal Khabar
- ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइतेNepal Khabar
- एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदैNepal Khabar
- Cricket sandpaper scandal claims '100% wrong', Australia captain saysBBC
- ह्वाइट हाउस नजिकै गोली चल्दा एकको मृत्यु, चार जना घाइतेDC Nepal
- धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, साढे पाँच लाखभन्दा बढी नगद बरामदDC Nepal