Skip to main content
वातावरणOnlinekhabar (Nepali)

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

Read the full story at Onlinekhabar (Nepali)

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकाबाट हुने व्यापारिक गतिविधि थप बढेको छ । पूर्वाधार निर्माणमा नेपाल सरकारले प्राथमिकता दिएको देखिँदैन । हिउँ जमेर बन्द भएको बाटो खुलाउन चीनले बुल्डोजर सहयोग गरेको छ । १९ कात्तिक, पोखरा । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकको ठाउँ ठाउँमा ठूलो क्षति पुर्‍यायो ।

भदौ १० गते भोटेकाशी बाढीले रसुवागढी नाका बगाइदिएपछि चीनसँग जोडिएको कोरला नाका विकल्प बनेको थियो । बेनी–कोरला सडकमा पनि म्याग्दी खण्डमा देखिएको समस्या झेल्दै मुख्य गरी मुस्ताङ भएर बिजुली गाडी (ईभी) नेपालमा आयात भइरहेका थिए । असोज ११ गतेको बाढीले कोरला नाका जोड्ने सडक क्षतविक्षत बनायो र असोज अन्तिमतिर बल्ल खुलेको थियो । कात्तिक १२ गतेपछि नेपाल भित्रिएको अर्नब चक्रवातका बेला उपल्लो मुस्ताङमा बाक्लो हिउँ पर्‍यो । कोरला नाकादेखि १४ किलोमिटर यता न्हेचुङसम्म बाक्लो हिउँ परेर आवागमनै ठप्प हुन पुग्यो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङदेखि कोरला नाकाको दशगजा क्षेत्रसम्मको सडकमा बाक्लो हिउँ जमेपछि गाउँपालिकाको नेतृत्वमा हिउँ पन्छाउने काम भइरहेको छ तर अझै पनि पूर्ण रुपमा सहज भने भइसकेको छैन । ‘चार दिन भइसक्यो हिउँ पन्छाउन थालेको । हिउँ फाल्यो फेरि जमिहाल्छ ।