पाँच दिन कतै वर्षा-हिमपातको सम्भावना छ कि छैन
Read the full story at Nepal Khabar

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार पनि नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र छ। अहिले बिहान देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल देखिएको छ भने तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। दिउँसोः कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। रातिः कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने र देशका बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
More environment
- How climate change is reshaping the way children grow upKathmandu Post
- Bangladesh Market Sees Surge In Solar Panel Demand Amid Energy CrisisNDTV
- How is Delhi implementing restrictions to reduce air pollution?The Hindu
- What the BRICS carbon market partnership needsThe Hindu
- कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँलेOnlinekhabar (Nepali)
- वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रहOnlinekhabar (Nepali)