तीन सवारीसाधन एकआपसमा ठोक्किँदा बालिकाको मृ`त्यु, पाँच जना घाइते
Read the full story at Nagarik News

सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे इनरुवा नगरपालिका-५ बलाहास्थित भित्री सडकमा दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्रीसहित ६ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका-९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको हो। चिकित्सकले साँझ पौने ६ बजे उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक इनरुवा नगरपालिका-७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका-३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार रहेका छन्। त्यस्तै, साइकलयात्री इनरुवा नगरपालिका-५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन्। घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।
More politics
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- मेचीनगरमा घट्यो खानेपानी महसुलNepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar