चाडपर्वको बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने
Read the full story at Onlinekhabar (Nepali)

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा पनि खुला राखिएको हो । उनले प्रेस नोट निकालेर अगाडि भनेका छन्, ‘ राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।
यस अवधिमा आकस्मिक प्रयोजनका लागि आयोगका कार्यालय तथा मोवाइल नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ । ’ आयोगको केन्द्रीय कार्यालय, पुल्चोक ललितपुरमा छ । कोशी प्रदेश कार्यालय विराटनगरमा छ ।
कोशी प्रदेश शाखा कार्यालय खोटाङमा पनि छ । लुम्बिनी प्रदेश कार्यालय दाङमा कर्णाली प्रदेश कार्यालय सुर्खेतमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा छ । लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जमा र कर्णाली प्रदेश शाखा कार्यालय जुम्लामा छ ।
More society
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- ३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्युNepal Khabar
- एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछिNepal Khabar
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- Krakow shooting suspect dies: Poland policeThe Hindu
- 578 caught driving under influence in two-day Hyderabad traffic police driveThe Hindu