अमेरिकालाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन : ट्रम्प
Read the full story at Ratopati

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौताको आवश्यकता नरहेको स्पष्ट पारेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत अभिव्यक्ति दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन।
ती दिनहरू धेरै पहिले नै बितिसकेका छन् । हामीसँग उनीहरूको पैसा छ र हामीसँग उनीहरूको होर्मुज स्ट्रेट पनि छ । ’ सोही पोस्टमार्फत ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भेन्सलाई विपक्षी डेमोक्रेटिक पार्टीको नेतृत्व रहेका राज्यहरूमा देखिएको कथित भ्रष्टाचारमाथि निगरानी बढाउन निर्देशन दिएको जानकारी पनि दिएका छन् ।
ट्रम्पले मिनेसोटा, क्यालिफोर्निया र इलिनोइसजस्ता राज्यहरूको प्रशासन अत्यन्तै कमजोर र भ्रष्ट रहेको दाबी गरेका छन् । ती राज्यहरूबाट हरेक महिना अर्बौँ डलर चोरी भइरहेको उनको आरोप छ। यस्तो ठुलो स्तरको आपराधिक गतिविधिलाई अन्त्य गर्न सके अमेरिकी बजेटलाई छिट्टै सन्तुलनमा ल्याउन सकिने दाबीसमेत उनले गरेका छन् ।
More politics
- No government school will be closed due to low enrolment: Minister RajmohanThe Hindu
- Nigeria: Axe-wielding men attack opposition campaign rally in LagosDW
- SFI activists booked for protesting against Minister at Maharaja’s College in Keralam’s Kochi granted anticipatory bailThe Hindu
- Czechia braces for massive protest as anger over government's public media reform plans boilsDW
- १२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयारRatopati
- Assam Draft Electoral Roll Has 2.19 Lakh More Voters Than February ListNDTV