Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिँडे गृहमन्त्री ?

Read the full story at Onlinekhabar (Nepali)

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिँडे गृहमन्त्री ?

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् ।

‘यो परम्परागत शैली छाड्नुपर्‍यो । यसरी त कसरी शुभकामना आदानप्रदान भयो,’ गुरुङले भनेका थिए, ‘हामी यहाँ सबै गोरखाका छौं । हामी त एक अर्कालाई भेटेर शुभकामना आदानप्रदान हुनपर्‍यो नि ।

’ कार्यक्रमबाट बाहिरिएपछि बाहिर भने उहाले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासबारे प्रतिक्रिया दिएका थिए । सो क्रममा गृहमन्त्री गुरुङले भौगोलिक विकटता र बाटो नभएका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेको समस्या सरकारले समाधान गर्ने बताए ।