तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रह
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले तिहार तथा छठ पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा मनाउन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चाडपर्वका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, आगलागी, ध्वनि प्रदूषण तथा सामाजिक विकृति न्यूनीकरण गर्न सबै नागरिक, व्यवसायी, संघसंस्था तथा सरोकारवालालाई सात बुँदे अनुरोध गरेको हो ।
त्यस्तै, जुवातास तथा नगद र सम्पत्तिको बाजी राखेर खेलिने गतिविधि सञ्चालन नगर्न, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला, झैझगडा तथा अभद्र व्यवहार नगर्न पनि अनुरोध गरिएको छ । सूचनामा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सर्वसाधारणको आवागमन, सार्वजनिक सेवा र शान्ति सुरक्षामा बाधा नपुग्ने गरी कार्यक्रम गर्न तथा राति १० बजेपछि यस्ता कार्यक्रम स्थगित गर्न भनिएको छ । त्यसैगरी चाडपर्वका नाममा जबर्जस्ती चन्दा, सहयोग तथा रकम माग नगर्न, प्रतिबन्धित प्लास्टिकका माला, प्लास्टिकका फूल तथा पुनः प्रयोगमा नआउने सामग्रीको प्रयोग नगर्न र आपसी सद्भाव तथा भाइचारामा आँच आउने किसिमका गतिविधि नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले तिहार तथा छठ पर्वलाई सभ्य, शान्तिपूर्ण र उल्लासमय वातावरणमा मनाउँदै सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।
More society
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post
- तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्राSetopati
- ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउNagarik News
- Condemn Hindu nationalism, support students’ protests: U.S. Representative Ro KhannaThe Hindu
- Morning Digest: Great damage done to the fabric of India by BJP, Sonia Gandhi tells The Hindu ; U.S. Representative Ro Khanna condemns Hindu nationalism and supports students’ protests; and moreThe Hindu
- काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमाDC Nepal