तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
Read the full story at Setopati

बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ। दसैंको तुलनामा तिहारमा कम संख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ। त्योभन्दा कम मूल्यका च्याङ्ग्रा पनि बथानमा छन्। छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएको बताए।
दसैंमा तीन सयभन्दा बढी च्याङ्ग्रा बेचेको उनले सुनाए। ‘दसैंमा च्याङ्ग्राको राम्रो व्यापार भयो, फूलपातीपछि त माग पुर्याउनै नसक्ने अवस्था आएको थियो,’ छिरिङले भने, ‘तिहारमा च्याङ्ग्राको माग स्वाभाविक रूपमा कम हुन्छ, तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी संख्यामा भेँडाच्याङ्ग्रा भित्रिएका छन्। ’ अहिले सिमपानीका सात–आठ ठाउँबाट भेँडाच्याङ्ग्राको बिक्री भइरहेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि भेँडाच्याङ्ग्रा लिएर सुर्खेत हुँदै पोखरा आइपुगेका छन्।
‘दसैंमा च्याङ्ग्रा ल्याएर बेचेको हो, यसरी पोखरा आउन थालेको पाँच–छ वर्षजति भयो,’ उनले भने, ‘गत वर्ष केही घाटा खानुपर्यो, अहिलेको दसैंमा राम्रै व्यापार भयो, तिहारको आम्दानी कस्तो हुन्छ हेरौं। ’ टाढादेखि च्याङ्ग्रा ल्याउनुपर्दा ढुवानी, खाना र बासमा धेरै खर्च हुने व्यापारी बताउँछन्। भेँडाच्याङ्ग्राको व्यापारबाट पुस्तैनी पेसा धानिनुका साथै चाडबाडका बेला उपभोक्ताको रोजाइ पनि पूरा हुने उनीहरूको भनाइ छ। डोल्पाका सन्तोष धराला पनि १५० च्याङ्ग्रा लिएर बेच्न पोखरा झरेका छन्।
More society
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post
- ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउNagarik News
- Condemn Hindu nationalism, support students’ protests: U.S. Representative Ro KhannaThe Hindu
- Morning Digest: Great damage done to the fabric of India by BJP, Sonia Gandhi tells The Hindu ; U.S. Representative Ro Khanna condemns Hindu nationalism and supports students’ protests; and moreThe Hindu
- काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमाDC Nepal
- तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रहOnlinekhabar (Nepali)