Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

Read the full story at Onlinekhabar (Nepali)

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको मुख्य उद्देश्य परियोजनाअन्तर्गत निर्माण भइरहेको चियाबारी पदमार्गको प्रचारप्रसार गर्नुका साथै चिया पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा टी ट्रेल रेस, चिया प्रवद्र्धन तथा स्वाद परीक्षण, चिया गोष्ठी, निर्देशित पदयात्रा, स्थानीय खाद्य परिकारका स्टल र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।

उक्त कार्यक्रमको सहजीकरण अनलाइनखबरका सम्पादक तथा लेखक वसन्त बस्नेतले गर्नेछन् । अन्तरसंवादमा संघीय सांसद, नेपाल सरकारका कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि तथा सचिवहरू र स्थानीय प्रतिनिधिहरू सहभागी हुनेछन् । महोत्सवमा सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था गरिनेछ ।

खुला पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँ हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, महिलातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले ३ हजार र पाँचौँ हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दुवै विधाका विजेताले नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।