नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे । नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
साथै, उनले पार्टीको संगठनलाई थप चलायमान बनाउन कार्यकर्ताहरूलाई फिल्डमा खटिन आग्रह गरे । ‘इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दामा पनि आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्छ । सङ्गठनमा जिल्लामै बसेर निरन्तर काम गर्ने र आफ्नो क्षेत्रमा खटिने कार्यकर्तालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने । आफ्नो प्रस्ट वक्ताको छविलाई कायम राख्दै नेता सिंहले कार्यकर्ताहरूलाई जनताको माझमा पुगेर काम गर्न निर्देशन दिए ।
उनका अनुसार संगठन बलियो बनाउने एकमात्र विकल्प भनेको जनतासँग भिज्नु र उनीहरूका समस्यामा साथ दिनु हो । ‘राजधानीमा बसेर जिल्लाको सङ्गठन चलाउने होइन, सबैले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिएर सङ्गठन निर्माणमा लाग्नुपर्छ ।
More politics
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar