इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
Read the full story at Setopati

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा स्रोतले सेतोपाटीलाई बताएको छ। स्रोतका अनुसार सापकोटा पक्राउ परेपछि प्रधानमन्त्री सचिवालयका संयोजक विशाल अधिकारी, गृहमन्त्रीका सल्लाहकार जेम्स कार्की र आफूलाई प्रधानमन्त्री र गृहमन्त्री दुवैको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठ प्रहरी कार्यालय गएका थिए। जेम्स र चिराग प्रहरी कार्यालयमा हुँदाका तस्बिर सेतोपाटीले प्राप्त गरेको छ।
तर उनीहरू कुन दिन, कति बजे त्यहाँ पुगे र कोसँग के कुरा गरे भन्ने खुलेको छैन। प्रधानमन्त्री सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय संयोजक रहेका विशाल अधिकारीले भने प्रहरी कार्यालयको सोधपुछ कक्षमै पुगेर इनमको अनुसन्धानमा खटिएका अधिकृतसँग कुराकानी गरेका थिए। त्यति बेलाको करिब साढे दुई मिनेट लामो भिडिओ सेतोपाटीलाई प्राप्त भएको छ।
अक्टोबर २ (असोज १६) को साँझ साढे ६ बजेतिर खिचिएको उक्त भिडिओमा विशाल अधिकारी र प्रहरी अधिकृत राजा अधिकारी टेबलको वारपार बसेर कुरा गरिरहेका देखिन्छन्। उक्त भिडिओ सेतोपाटीसँग सुरक्षित छ। कुराकानी क्रममा प्रहरी अधिकृतले 'आज मोबाइल आउँछ भन्ने आशा छ' भनेको सुनिन्छ।
More tech
- बढ्दो दुर्घटनाले ईभीमाथि प्रश्न : प्रविधिको दोष कि सञ्चालनको कमजोरी ?Ratopati
- Top news of the day: 23 die in bus-truck collision in Assam’s Kaziranga; Microsoft outage drags on as company observes ‘limited recovery’, and moreThe Hindu
- US-China AI safety talks face hurdle over how to define ‘serious’ incidents: analystsSouth China Morning Post
- China could tighten rare earths exports if US escalates chip curbs over Nvidia: analystsSouth China Morning Post
- GPs, police and pharmacies among UK services affected by Microsoft outageBBC
- You haven’t got mail: Global Microsoft outage disrupts servicesAl Jazeera