Skip to main content
प्रविधिRatopati

बढ्दो दुर्घटनाले ईभीमाथि प्रश्न : प्रविधिको दोष कि सञ्चालनको कमजोरी ?

Read the full story at Ratopati

बढ्दो दुर्घटनाले ईभीमाथि प्रश्न : प्रविधिको दोष कि सञ्चालनको कमजोरी ?

काठमाडौं । बिहीबार मकवानपुरको भीमफेदीमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय सवारी साधन (ईभी) अनियन्त्रित भई भीरबाट खस्दा १४ जनाको ज्यान गयो। यसअघि चितवनमा गुडिरहेको जीएसी आयोन ब्रान्डको ईभी कारमा अचानक आगलागी हुँदा गाडीभित्रै जलेर ५६ वर्षीय चालक अमर पराजुलीको मृत्यु भएको थियो। यी दुई प्रतिनिधिमूलक घटनाले पछिल्लो समय विद्युतीय सवारी साधनको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरिदिएका छन्।

सडकमा विद्युतीय सवारी अनियन्त्रित हुने र आगलागी हुने घटना बढ्दै जाँदा आम जनमानसमा ईभी परम्परागत सवारीभन्दा बढी जोखिमपूर्ण हुन्छ कि भन्ने संशय उत्पन्न भएको छ। नेपालमा पछिल्लो समय विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढेको छ। सरकारी तथ्यांकअनुसार नयाँ दर्ता हुने निजी सवारी साधनमा ईभीको हिस्सा ८० प्रतिशतभन्दा माथि पुगिसकेको छ। सञ्चालन खर्च निकै कम हुने र भाडादर समेत तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले निजी मात्र नभई सार्वजनिक यातायात र दुईपाङ्ग्रेमा समेत ईभीप्रति आकर्षण बढेको छ।

तर, लगातारका दुर्घटनाले के ईभी साँच्चिकै बढी जोखिमयुक्त हो? नेपालजस्तो पहाडी भूगोल, उकालो–ओरालो र कच्ची सडकमा यो कत्तिको सुरक्षित छ? भन्ने प्रश्न सतहमा ल्याएको छ। ईभी दुर्घटनामा चालकले एक्सिलेटर थिच्दा गाडी अचानक ह्वात्तै अगाडि हुत्तिने र अनियन्त्रित भई ठोकिने समस्या प्रमुख कारणका रूपमा देखिएको छ।