रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?
Read the full story at Onlinekhabar (Nepali)

बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै फेसन आइकन बन्नेसम्मको उनको यात्रा निकै रोचक छ । रेखाको जन्म १० अक्टोबर १९५४ मा भएको हो । उनी तमिल सिनेमाका चर्चित अभिनेता जेमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन् । रेखाका आमाबुबाले उनको जन्म हुँदा विवाह गरेका थिएनन् ।
उनका बुबा जेमिनी गणेशनले बाल्यकालमा उनलाई आफ्नी सन्तानका रूपमा स्वीकार गर्नसमेत अस्वीकार गरेका थिए । रेखाको पहिलो रोजाइ अभिनय थिएन । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले विद्यालय छाडेर फिल्म क्षेत्रमा प्रवेश गर्नुपरेको थियो । रेखाले १२ वर्षको उमेरमा तेलुगु फिल्मबाट बाल कलाकारका रूपमा अभिनय सुरु गरेकी थिइन् । त्यसको तीन वर्षपछि कन्नड फिल्ममा मुख्य अभिनेत्रीका रूपमा देखिइन् ।
उनको पहिलो हिन्दी फिल्म ‘अञ्जाना सफर’को एउटा चुम्बन दृश्यले त्यसबेला निकै चर्चा र विवाद जन्माएको थियो । सेन्सर बोर्डको समस्याका कारण उक्त फिल्म करिब एक दशकपछि ‘दो शिकारी’ नामबाट प्रदर्शनमा आएको थियो । रेखालाई मेकअप गर्न निकै मन पर्थ्यो । उनको यो रुचि पूरा गर्न एयरहोस्टेस साथीहरूले विदेशबाट विशेष मेकअप सामग्री ल्याइदिने गर्थे ।
More environment
- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्रीNepal Khabar
- कोप-३१ मा जलवायु र स्वच्छ ऊर्जा लगानीबारे छलफलNepal Khabar
- Nepal urges climate justice for Himalayas at COP31Kathmandu Post
- Traffic resumes on Prithvi Highway after overnight landslideKathmandu Post
- Once declared extinct, rare Jamaican iguana nears 1,000th release after 30 years of conservation workTimes of India
- Heavy rainfall could make glacier surges more frequentTimes of India