चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?
Read the full story at Onlinekhabar (Nepali)

‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनाहरू चुहावट भएको विश्वास गर्नुपर्ने कुनै कारण बोर्डसँग नभए पनि उपलब्ध सबै जानकारीको सूक्ष्म अध्ययन गरिनेछ,’ एनभिडियाको सञ्चालक समितिले भनेको छ। २३ कात्तिक, काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अर्बपति जेन्सेन हुआङमाथि छानबिन सुरु गरेको छ।
चिनियाँ जासुसी निकायका लागि काम गरेको आरोप लागेकी एक महिलासँग आफ्नो अन्तरङ्ग सम्बन्ध रहेको हुआङले स्वीकारेपछि कम्पनीले छानबिन थालेको हो। आइतबार एक विज्ञप्ति जारी गर्दै एनभिडियाले बाह्य कानुनी सल्लाहकारको सहयोगमा स्वतन्त्र निर्देशकहरूको एक समितिले यस विषयमा छानबिन गर्ने जनाएको छ। ‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनाहरू चुहावट भएको विश्वास गर्नुपर्ने कुनै कारण बोर्डसँग नभए पनि उपलब्ध सबै जानकारीको सूक्ष्म अध्ययन गरिनेछ,’ एनभिडियाको सञ्चालक समितिले भनेको छ।
बोर्डले जेन्सेन र उनको नेतृत्व टिमप्रति आफ्नो पूर्ण विश्वास कायमै रहेको स्पष्ट पार्दै छानबिनको अवधिभर हुआङले नै एनभिडियाको नेतृत्व सम्हालिरहने जनाएको छ। गत महिना द न्युयोर्क टाइम्सले जेन्सेन चिनियाँ जासुसी षड्यन्त्रको निसानामा परेको हुन सक्ने भन्दै रिपोर्ट प्रकाशित गरेपछि यो छानबिन सुरु भएको हो। एआई जस्ता प्रमुख प्रविधि क्षेत्रमा प्रभुत्व जमाउन चीन र अमेरिकाबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
More society
- ३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्युNepal Khabar
- एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछिNepal Khabar
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिकाNagarik News
- Women make up 58.5% of KMF’s milk suppliers; benefit from price hikeThe Hindu