Skip to main content
समाजBizmandu

झिलिमिली बत्तीको पर्व तिहारमा यी हुन् सबैभन्दा बढी खपत हुने १० वस्तुहरू

Read the full story at Bizmandu

काठमाडौं। नेपाली बजारमा दसैंको चहलपहल सेलाउन नपाउँदै तिहारको किनमेल सुरु हुन्छ । बजारमा नयाँ कपडा, जुत्ता, भाइमसला, फलफूल, फूलमाला र मिठाई किन्ने ग्राहकको भीड बढ्छ । पसलहरू तिहार लक्षित सामानले भरिन्छन् भने व्यापारीहरू वर्षकै महत्त्वपूर्ण व्यापारिक सिजनको तयारीमा जुट्छन् । तिहार केवल उज्यालो र फूलको पर्व मात्र होइन, यो उपहार आदानप्रदान, पारिवारिक भेटघाट र उपभोगको ठूलो अवसर पनि हो ।

विशेषगरी भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने लत्ताकपडा, ढाकाटोपी, भाइमसला तथा अन्य उपहारले बजारमा छुट्टै रौनक ल्याउँछन् । त्यसबाहेक लक्ष्मीपूजा, घर सजावट र पूजाआजाका लागि आवश्यक सामग्रीको बिक्रीसमेत उल्लेख्य रूपमा बढ्छ । दसैँपछि सुरु हुने तिहारको किनमेलमा दैनिक उपभोग्य वस्तुदेखि महँगा उपहार र विद्युतीय सामग्रीसम्मको कारोबार उच्च हुन्छ । गत वर्षको बजार गतिविधि र यस वर्षको मागको अवस्थालाई हेर्दा तिहारमा सबैभन्दा बढी बिक्री तथा खपत हुने प्रमुख १० वस्तु यस्ता छन् । भाइमसला तथा ड्राइफ्रुट्स तिहारमा सबैभन्दा बढी चर्चा र माग हुने वस्तुमध्ये भाइमसला अग्रस्थानमा आउँछ ।

काजु, बदाम, ओखर, पेस्ता, किसमिस, छोकडा, अन्जिर र नरिवललगायतका सामग्री दिदीबहिनीले दाजुभाइलाई दिने प्रचलन छ । चालु आर्थिक वर्ष २ अर्ब ४७ करोड रुपैयाँको ड्राइफ्रुट्स आयात भएको छ । गत वर्ष सोही अवधिमा २ अर्ब ५९ करोड रुपैयाँको ड्राइफ्रुट्स आयात भएको तथ्यांक छ।