Skip to main content
राजनीतिSetopati

नाम थाहा नभए पनि परिचित विचार!

Read the full story at Setopati

नाम थाहा नभए पनि परिचित विचार!

२०८३ भदौ १० को रसुवा–भोटेकोशी बाढी र नेपालका प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामा भएको सम्बोधनपछि घरेलु राजनीतिक तथा प्राज्ञिक वृत्तमा पनि जलवायु परिवर्तन र न्यायको विषयले उच्च प्राथमिकता पाएको छ। जलवायु अभियानीहरूले जलवायु न्यायलाई विश्वव्यापी जागरण अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताइरहँदा जोखिमयुक्त र विकासशील मुलुकका राजनीतिक नेतृत्वले विगतमा भएका जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता, घोषणा एवं प्रोटोकलहरू यथाशक्य कार्यान्वयन हुनुपर्ने वकालत गर्दै आएका छन्। कानुनविदहरूले जलवायु न्यायको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याई न्याय निरूपण हुनुपर्ने बताएका छन्।

त्यसैगरी, दर्शनशास्त्री, मानव अधिकारवादी, सामाजिक संघसंस्थाहरूले पनि जलवायु न्यायलाई आ–आफ्नै ढंगले परिभाषित र व्याख्या गरेका छन्। तर यो आलेख अलिक फरक पृष्ठभूमिमा जलवायु न्यायको विषय र बुझाइ विश्वव्यापी रूपमा आम नागरिकको तहमा कस्तो छ भन्ने मूल प्रश्नमा केन्द्रित रहने छ। सन् २०२२ मा चार्ल्स ए.

ओगुनबोडे लगायत अनुसन्धानकर्ताहरूको टोलीले ११ देशका ५,६२७ वयस्कमाथि गरेको विश्वव्यापी सर्वेक्षणले एउटा अचम्मको तस्बिर देखाएको छ। के तपाईंले 'जलवायु न्याय' भन्ने शब्द पहिले कहिल्यै सुन्नुभएको छ भन्ने प्रश्नमा धेरैजसो मानिसले टाउको हल्लाउँदै भन्छन्, 'छैन।