जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?
Read the full story at Onlinekhabar (Nepali)

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र त्यसको जोखिमबारे विश्वव्यापी चिन्ता बढिरहेका बेला यसलाई अन्तर्राष्ट्रिय वार्ताको संस्थागत प्राथमिकतामा स्थापित गर्न नसक्नु विडम्बनापूर्ण अवस्था हो । जलवायु परिवर्तन आज वातावरण संरक्षणको विषय रहेन । यो विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीति, सामाजिक न्याय र विकासको अधिकारसँग जोडिएको गम्भीर सवाल बनेको छ।
पृथ्वीको तापक्रम बढ्नु, हिमनदी पग्लिनु, समुद्री सतह उकासिनु, भूमिगत जल सतह घट्नु, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा खडेरीजस्ता घटनाको तीव्रता बढ्दै जानुले मानव जीवन र प्राकृतिक प्रणालीमाथि गहिरो चुनौती थपिरहेको छ। तर जलवायु परिवर्तनको असर सबै देश र समुदायले समान रूपमा भोगिरहेका छैनन्। यसको ऐतिहासिक कारण र जिम्मेवारी एकातिर छ भने त्यसको असर सामना गर्ने क्षमता र स्रोतसाधन अर्कोतिर।
औद्योगिकीकरणका माध्यमबाट ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गरेका विकसित राष्ट्रहरूको तुलनामा न्यून उत्सर्जन गर्ने नेपालजस्ता विकासशील तथा पर्वतीय मुलुकहरू जलवायु परिवर्तनको जोखिममा बढी संवेदनशील छन्। यही असमानता नै जलवायु न्यायको आजको बहसको मुख्य विषय हो।
More environment
- Nepal seeks mountain-specific early warning systems after devastating floodKathmandu Post
- UN chief urges climate justice and greater support for vulnerable countriesKathmandu Post
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथNepal Khabar
- Sitla Estate, Mukteshwar: Why this 40-acre Himalayan retreat has just 12 roomsThe Hindu
- एनभिडियाको सेयरमा पहिरो, जेनसेन हुआङको ‘अफेयर’ चर्चाले ५०० अर्ब डलर गुम्योBizmandu