Skip to main content
राजनीतिThaha Khabar

स्पेनमा आवास संकटविरुद्ध आमहड्ताल, मड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन

Read the full story at Thaha Khabar

स्पेनमा आवास संकटविरुद्ध आमहड्ताल, मड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन

काठमाडौंः स्पेनको राजधानी मड्रिडमा भारी वर्षाका बाबजुद बुधबार साँझ करिब एक लाख २० हजार मानिस प्रदर्शनमा उत्रिएका छन्। ‘तलब, आवास र मूल्य’ भन्ने नारासहित श्रमिकहरूले गरेको आमहड्तालमा देशभर प्रदर्शन भएको छ। आवास अभाव र चर्को भाडाविरुद्ध बढ्दो आक्रोशका कारण प्रदर्शनमा ठूलो सहभागिता देखिएको हो। बार्सिलोनामा पनि करिब ५५ हजार मानिस साँझको ¥यालीमा सहभागी भएका छन्।

प्रदर्शनकारीहरूले ‘बाँचौँ, केवल जीवित मात्र नरहौँ’ भन्ने ब्यानर बोकेका थिए। अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेपनि बार्सिलोनामा केही युवा समूहले मुख्य व्यापारिक सडकका पसलका सिसा फुटाउनुका साथै फोहोरका डब्बामा आगो लगाएका थिए। उनीहरूले प्रहरीमाथि पटाका पनि प्रहार गरेका थिए। प्रतिकूल मौसम र आँधीबेहरीका बाबजुद बुधबार बिहानैदेखि देशका विभिन्न भागमा श्रमिकहरूले प्रदर्शन गरेका थिए।

यस वर्षको सुरुमै मड्रिडमा ८७ वर्षीया म्यारीकार्मेन आबास्काललाई घरबाट निष्कासन गरिएपछि उनको निधन भएको घटनालाई आवास संकटको प्रतीकका रूपमा लिइएको छ। यही संकटको पृष्ठभूमिमा नोभेम्बर २९ का लागि मध्यावधि निर्वाचन घोषणा गरिएको छ। वामपन्थी प्रधानमन्त्री पेड्रो साञ्चेजको सरकारले भाडामा बस्नेहरूको समस्या सम्बोधन गर्न आवाससम्बन्धी कानुन ल्याउन खोजे पनि विपक्षी दलहरूले सदनमा त्यसलाई रोकेका थिए।