इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यवहारिक छन् ।
’ फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जानुभन्दा पहिले रूबियोले भने, ‘म भन्न सक्दिन, हामी कुनै सफलताको नजिक छौँ । ’ आइतबारको अघिल्लो अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएनसँग वार्ताले प्रगति गरिरहेसम्म अमेरिका इरानमाथि ठूला सैन्य हमला फेरि सुरु गर्ने सम्भावना ‘अत्यन्त कम’ रहेको बताएका थिए । उनले थप सैन्य कारबाहीको सम्भावनालाई पनि अस्वीकार गरेनन् ।
यो करिब २० जना सैन्य र नागरिक कर्मचारीहरूको एकाइ हो जसले अमेरिकी सरकारी निकायहरूबीच समन्वय गरी इरानका भूमि सीमा र अन्य मार्गहरूबाट उन्नत हतियार तथा अन्य सामग्रीको आवतजावत रोक्ने काम गर्नेछ । राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कार्यदल इरानमा ‘पूर्ण रूपमा सक्रिय’ छ र अमेरिकी नौसेनाको नाकाबन्दीका कारण इरान भएर वा इरान आउने निकै कम मात्र सामान आवतजावत हुन्छ । ’ रासस
More politics
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar