Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

Read the full story at Onlinekhabar (Nepali)

टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

२० कात्तिक, काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान औपचारिक रूपमा सुरु गरिएको छ । डिजिटल प्रविधि, सिर्जनात्मक सामग्री र ऐतिहासिक महत्त्वका विषय उजागर गरी नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, सम्पदा तथा विविध पर्यटकीय अनुभव विश्वभरिका दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।

नेपाल सरकारको सहकार्यमा पर्यटन बोर्ड र टिकटकले आयोजना गरेको अभियान सुरुवात कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथि थिए । सन् २०२६ अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, उद्यमी, व्यवसायी तथा समुदायलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले डिजिटल प्ल्याटफर्मले विश्वमा पर्यटकीय गन्तव्य चिनाउने परम्परागत शैलीमा परिवर्तन ल्याएको उल्लेख गर्दै यस्ता माध्यमलाई नेपालको पर्यटन, कला, संस्कृति र उद्यमशीलता प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए । पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभाग निमित्त निर्देशक सुनिल शर्माले यस सहकार्यलाई नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरे ।