अफगानिस्तानमा तालिबानको अघोषित प्रतिबन्ध: पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने
Read the full story at Ratopati

अफगानिस्तानमा तालिबानले महिलामाथि लगाएका प्रतिबन्ध थप कडा बनाउँदै पुरुष चिकित्सक र दन्त चिकित्सकलाई महिला बिरामीको उपचार गर्न अनौपचारिक रूपमा रोक लगाएको छ । आकस्मिक अवस्थामा समेत महिलासँग पुरुष अभिभावक (महरम) अनिवार्य हुनुपर्ने नियम लागू गरिएको छ । यसले महिलाका लागि आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नसमेत कठिन बनाएको छ । द गार्जियन र जान टाइम्सको संयुक्त प्रतिवेदनअनुसार, पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने अघोषित प्रतिबन्धका कारण धेरै महिला उपचारबाट वञ्चित भएका छन् । तालिबानले औपचारिक घोषणा नगरे पनि अस्पताल र निजी क्लिनिकहरूमा यस्तो नियम कार्यान्वयन भइरहेको छ ।
यसको प्रत्यक्ष मारमा हेरात सहरकी ३७ वर्षीया फरीदा (परिवर्तित नाम) परेकी छन् । यसै वर्ष इरानबाट फर्किएकी उनको परिवार आर्थिक समस्यासँग जुधिरहेको छ । दाँतमा असह्य पीडा भएपछि उनी जुलाईको सुरुवातमा एक दन्त क्लिनिक पुगेकी थिइन् । चिकित्सकले नक्कली दाँत प्रत्यारोपण गर्न सुझाव दिएपछि उनले उपचारको सम्पूर्ण रकम अग्रिम भुक्तानी गरिन् । तर तेस्रो चरणको उपचारमा प्रत्यारोपण गर्ने समयमा उनलाई उपचार गर्न नसकिने भन्दै घर फर्काइयो ।
दुई दिनपछि क्लिनिकले पुरुष दन्त चिकित्सकले अब महिलाको उपचार गर्न नपाउने जानकारी दियो । त्यसयता तीन महिना बितिसक्दा पनि उनको उपचार पूरा हुन सकेको छैन । महिलामाथिका प्रतिबन्ध स्वास्थ्य सेवामा मात्र सीमित छैनन् ।
More health
- Who is Britain’s ‘perfect’ immigrant?Politico Europe
- EU leaders start Friday’s summit still at odds over who should lead on UkrainePolitico Europe
- गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्युDC Nepal
- विष्णु कुँवरको उपचारका लागि जापानका व्यवसायी टीका श्रेष्ठद्वारा ५ लाख १५ हजार रुपैयाँ सहयोगDC Nepal
- Florida woman who lived quietly for 23 years leaves $4 million fortune to charityTimes of India
- Bengaluru-Mangaluru-Goa Vande Bharat Express a welcome addition for business travellers, students, patients and tourists: KCCIThe Hindu