Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

Read the full story at Onlinekhabar (Nepali)

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो ।

र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ ।

कांग्रेस महानगर समितिले आयोजना गरेको र्‍यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । र्‍यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।